२०८३ बैशाख २० गते , आईतबार

अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघको अन्तरक्रिया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २७ गते , शनिबार
अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघको अन्तरक्रिया सम्पन्न

बिर्तामोड । अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघ झापाको अन्तरक्रिया सम्पन्न भएको छ । संघले आफ्नो हकअधिकार स्थापित गर्न अन्तरक्रिया गरेको हो ।

संघले यसअघि निजी विद्यालयका चालक र सहचालकका बिषयमा भएका सम्झौता कार्यान्वयन गर्न पहल तथा थप सेवासुबिधा सुरक्षित गर्न शनिवार बिर्तामोडमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटाले राजनीतिक आस्था जुनसुकै पार्टीमा भएपनि मजदुरका पेशागत हकअधिकारका लागि टे«ड युनियन महासंघले साथ र सहयोग गर्ने बताए । आन्दोलन गर्ने कसैको रहर हुँदैन,’ सापकोटाले भने, ‘माग्दा आफ्नो हकअधिकार पाइँदैन भने त्यसका लागि आन्दोलन गर्नुपर्छ ।उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो ब्यापार भएको बताउँदै कर्मचारीलाई सेवा सुबिधा नदिए आफ्ना हकअधिकार सुरक्षित गर्नका लागि सवै एकताबद्ध हुनुपर्ने बताए । सापकोटाले सामाजिक सुरक्षा ऐनले गरेको ब्यवस्थामा सवैलाई जोडिनसमेत आग्रह गरेका छन् । महासंघ उपाध्यक्ष सापकोटाले यदि कसैले आफ्नो हकअधिकारका लागि संगठन र आन्दोलन गर्दा जागिरबाट निस्काशन गरे त्यसको प्रतिकार टे«ड युनियन महासंघले गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघकी केन्द्रिय उपमहासचिव तथा कार्यक्रमकी बिशिष्ठ अतिथि सीता सापकोटाले निजी विद्यालयका चालक र सहचालकलाई विद्यालयले समयअनुकूल सेवासुबिधा दिन सक्दैन भने विद्यालय बन्द गर्नुपर्ने बताइन् । उनले आफ्नो हकहितका लागि सांगठानिक एकता आवश्यक रहेकाले सवैलाई एकताबद्ध भएर अगाडी बढ्न आग्रहसमेत गरिन् ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपसचिव हरि निरौला, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य जानकीप्रसाद भट्टराईलगायतले आआफ्नो भनाई राखेका थिए । संघका अध्यक्ष पदमलाल तामाङले चालक र सहचालकलाई संगठित हुन पत्र नै दिएकाले सवैले संगठित भएर आफ्ना हकअधिकार सुरक्षित गर्न सवैलाई आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा निजि विद्यालयका चालकहरुले आआफ्नो समस्या राखेका थिए ।

संघका कोषाध्यक्ष सूर्य लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र योङहाङले गरेका थिए ।

 

 

सम्बन्धित समाचार