२०८३ बैशाख २० गते , आईतबार

एमालेले फेरि अवरोध गर्दा संसद पुनः अवरुद्ध

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २३ गते , मंगलबार
एमालेले फेरि अवरोध गर्दा संसद पुनः अवरुद्ध

काठमाण्डौ । लामो समयपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरूको विरोधपछि बैठक स्थगित गरिएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएलगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले आफूहरूले उठाएका विषयभन्दा बाहिर गएर राजनीतिक प्रवचन दिएको भन्दै उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको प्रस्ट पारे ।

उनले भने, ‘हामीले उठाउँदै आएको उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी उहाँले आफ्नो विषयवस्तु सरकारकोतर्फबाट प्रतिबद्धता जाहेर गर्नुहुन्छ भन्ने अपेक्षा थियो। तर, उहाँले बोलेका सबै अभिव्यक्तिहरू हेर्दा करिब ८० प्रतिशतभन्दा बढी उठेका विषयवस्तुभन्दा बाहिर गएर राजनीतिक प्रवचन दिने प्रयत्न गर्नुभयो ।

बर्तौलाले आफ्नो धारणा राखेसँगै सदनमा दुवै पक्षका सांसदहरू एकसाथ बोल्न थालेपछि सभामुखले बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

सम्बन्धित समाचार