२०८३ बैशाख २० गते , आईतबार

अवैध सुन आयात प्रकरणमा एमालेले भाग खोजेर संसद अवरुद्ध गर्यो : सांसद शाही

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २२ गते , सोमबार
अवैध सुन आयात प्रकरणमा एमालेले भाग खोजेर संसद अवरुद्ध गर्यो : सांसद शाही

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ ।

सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो । यो गम्भीर अपराध होप्रमुख सचेतक शाहीले भने ।

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ ।

उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को बैठक चल्न दिएको छैन ।

सम्बन्धित समाचार