२०८३ बैशाख २० गते , आईतबार

कोशीमा मुख्यमन्त्रीको नाम टुङ्गिन बाँकी, सभामुख राजीनामा दिन तयार

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १६ गते , मंगलबार
कोशीमा मुख्यमन्त्रीको नाम टुङ्गिन बाँकी, सभामुख राजीनामा दिन तयार

विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने भएको छ । यद्यपि अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति गर्न सकेको छैन ।

नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखले राजीनामा दिएपछि बहुमतसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष आजै पेस गर्ने बताए । मुख्यमन्त्री कसलाई सिफारिस गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुङ्गो नलागेको उनको भनाइ छ । मुख्यमन्त्री त काँग्रेसकै हुनुपर्छ भन्ने हाम्रो दाबी छ । अहिलेसम्म टुङ्गो भने लागिसकेको छैन,’ राईले भने । उनले काँग्रेसबाट मुख्यमन्त्री बन्दा दलका नेता उद्धव थापा नै मुख्यमन्त्रीमा सिफारिस हुने पनि बताए ।

उता, कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। आजै सभामुखको राजीनामा आउँछ’, माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौ ।

यसअघि सभामुखसहितको हस्ताक्षर गरेर काङ्ग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार उनको नियुक्ति खारेज गरेको थियो। काङ्ग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि गठबन्धनले बहुमत ४७ सांसद सङ्ख्या पुर्याउन सभामुखलाई राजीनामा दिन लगाउने भएको हो ।

सम्बन्धित समाचार