२०८३ बैशाख २० गते , आईतबार

कोशी प्रदेश सरकारविरुद्धको रिटमा फैसला बिहीबार

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १० गते , बुधबार
कोशी प्रदेश सरकारविरुद्धको रिटमा फैसला बिहीबार

बिर्तामोड । कोशी प्रदेश सरकारविरुद्धको रिटमा फैसला भोलि (बिहीबार) आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा भोलि मात्र फैसला आउने भएको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि असार १७ गते प्रदेश प्रमुखले बहुमतीय सरकार दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको दिएको असार २१ गतेसम्मको समयसीमाभित्र कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ४७ अर्थात् बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए ।

त्यसलाई नै आधार बनाउँदै प्रदेश प्रमुखले थापालाई मन्त्री नियुक्त गरेका थिए । उक्त सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रिट निवदेन दर्ता गरेको थियो ।

सम्बन्धित समाचार