२०८३ बैशाख २० गते , आईतबार

विप्लव कार्यकर्ताद्वारा सामूहिक धान खेती

sajilo news
परिवेश मिडिया
२०८० असार २७ गते , बुधबार
विप्लव कार्यकर्ताद्वारा सामूहिक धान खेती

बिर्तामोड । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले  झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेकाछन् । कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीति अन्तर्गत जग्गा धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सीले बताए ।

यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टी अन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ता असार १० गते पश्चात्  निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले बताए ।

यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभर सयौं बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बताए । कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया, अदुवा, अलैंची लगायतको खेती भैरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही बर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नीतिका साथ पार्टी अगाडि बढिरहेको बताए । उनले खेतीपाती मात्रै नभएर  पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भैसकेको  बताए ।

सम्बन्धित समाचार