२०८३ बैशाख २० गते , आईतबार

सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ : प्रधानमन्त्री

sajilo news
परिवेश मिडिया
२०८० असार २६ गते , मंगलबार
सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारको जरैसम्म पुग्ने दृढता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीले सुशासनका निम्ति सरकार साहसिक रूपमा अघि बढेको बताए ।

देश निकै निराशा, निकै अन्योल, निकै अस्थिरता र अराजतकतर्फ जाने हो कि भन्ने वेलामा विस्तारै सुशासनका निम्ति, जनताका कामहरूमा सेवामा सहजता ल्याउनका निम्ति सरकार अघि बढिरहेको छ,’ उनले भने, ‘इतिहासमा थाती रहेका थुप्रै मुद्दा निरूपणका निम्ति सरकार दृढताका साथ साहसिक रूपमा अघि बढेको छ, बढ्छ, जरोसम्मै पुग्छ, ढुक्क भए हुन्छ ।

उनले भ्रष्टाचार अन्त्य र सुशासन बहालीको अभियानमा संसद्का सबै दलको साथ सरकारलाई चाहिएको बताए । उनले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका निम्ति दृढ प्रतिज्ञामा रहेको पटकपटक दोहोर्‍याए ।

सम्बन्धित समाचार