२०८३ बैशाख २० गते , आईतबार

कोशीमा गठबन्धनको साढे चार बर्षे सरकार

sajilo news
परिवेश मिडिया
२०८० असार २३ गते , शनिबार
कोशीमा गठबन्धनको साढे चार बर्षे सरकार

बिर्तामोड । कोशी प्रदेशका मुख्य मन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका छन । नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका हुन ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ,’ थापाले भने, ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले साढे चार बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखे । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाइ थियो ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार