२०८३ बैशाख २० गते , आईतबार

चापागाईँद्वारा मन्त्री नबन्ने घोषणा, आचार्य अप्ठ्यारोमा

sajilo news
परिवेश मिडिया
२०८० असार २३ गते , शनिबार
चापागाईँद्वारा मन्त्री नबन्ने घोषणा, आचार्य अप्ठ्यारोमा

बिर्तामोड । नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईँले मन्त्री नबन्ने घोषणा गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले मन्त्री नबन्ने घोषणा गरेका हुन ।

पाटीमा आलोपालो सरकारमा जाने मत उठेकाले आफू मन्त्री नबन्ने निर्णयमा पुगेको प्रदेशसभा सदस्य चापागाईँले जनाएका छन् । कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीय ज्युहरूले राख्नु भएको आलोपालो गरौँ भन्ने राय, सुझावलाई आत्मसाथ गर्दै म यस पटक सरकार मा नजाने निष्कर्षमा पुगेँउनले फेसबुकमा लेखेका छन् ।

चापागाईँ अघिल्लो सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनलाई पार्टीभित्र सालिन नेताको रुपमा लिइन्छ ।

चापागाईँको घोषणाले अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री बनेका जीवन आचार्य यतिबेला अप्ठ्यारोमा परेका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रको शुक्रबार दिउँसो बसेको बैठकले सरकारमा पठाउने सहमति गरेको थियो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने बताए । बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

माथिबाट  आर्थिक मामिला तथा योजना मन्त्रालय दिनुपर्ने कुरा आएको छ’  माओवादी केन्द्रका एक नेताले भने, ‘आइतबारसोमबारतिर शपथ होला ।’  श्रोतका अनुसार आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा जाने छन् ।

हिक्मत कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट आचार्य र चापागाईँ मन्त्री बनेका थिए । आचार्य माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ हुन् । 

 

सम्बन्धित समाचार