२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्री थापालाई गृह जिल्लामा स्वागत

sajilo news
परिवेश मिडिया
२०८० असार २३ गते , शनिबार
कोशीका मुख्यमन्त्री थापालाई गृह जिल्लामा स्वागत

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई शनिबार गृह जिल्ला झापामा स्वागत गरिने भएको छ । थापा मुख्यमन्त्री भए लगत्तै गृह जिल्लामा स्वागत गर्न लागिएको हो ।

थापालाई शनिबार नेपाली कांग्रेस झापाले स्वागत गर्न लागेको छ । कांग्रेसले जिल्ला पार्टी कार्यालयमा विहान ११ बजे थापालाई स्वागत कार्यक्रम आयोजना गरेको नेपाल प्रेस युनियन झापाकी पूर्व सभापति इन्दु पूर्वेलीले जानकारी दिइन् ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापतिसमेत रहेका थापा गठबन्धनको तर्फबाट विहीबारमात्र कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका हुन् ।   

सम्बन्धित समाचार