२०८३ बैशाख २० गते , आईतबार

माओवादीहरू छिट्टै एकठाउँमा आउँछौं र ०६४ को भन्दा ठूलो पार्टी बन्छौं : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८० असार २० गते , बुधबार
माओवादीहरू छिट्टै एकठाउँमा आउँछौं र ०६४ को भन्दा ठूलो पार्टी बन्छौं : प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू छिट्टै एकतामा आउने बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू छिट्टै एकैठाउँमा आउने र ०६४ को भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन् ।

पार्टीका अध्यक्षसमेत रहेका उनले उनले माओवादी विभाजित हुँदा आन्दोलन  र त्यसले स्थापित गरेको व्यवस्था नै कमजोर बनेको बताउँदै छिट्टै एउटै पार्टी बन्ने बताए ।

हेर्दै जानुहोला सबै माओवादीहरू एउटै केन्द्रमा आउँछन् सबै संगठनहरू एउटै केन्द्रमा बन्नेछन् । र, पहिलाभन्दा धेरै परिपक्व हुन्छ,’ उनले भने, ‘एकता भएपछि हामी ०६४ को भन्दा बलियो हुन्छौं। र एउटा नयाँ परिस्थिति बन्छ ।

अध्यक्ष प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध घेरा हाल्ने, भ्रम फैलाउने र सखाप पार्ने सामन्ती प्रवृत्ति अझै कायम रहेको र त्यसकाविरूद्ध पार्टी निरन्तर लडाइँमै रहेको बताए ।

हिजो बन्दुकद्वारा वर्गसंघर्ष हुन्थ्यो । बन्दुक केन्द्रबिन्दुमा हुन्थ्यो अहिले संगठन विचार र प्रचार केन्द्रविन्दुमा छ। उद्धेश्य त्यही नै हो,’ उनले भने ।

उनले विचार, राजनीतिक मुद्दा, नेतृत्व र इतिहासको कर्मको बलमा ३२ सिटमात्रै भएपनि  देशको राजनीतिको केन्द्रबिन्दुमा रहेको बताए ।

अहिले राज्यको बागडोर हाम्रै हातमा घुमिफिरी आएको छ । यो त्यत्तिकै आएको होइन। संख्याको बलमा मात्रै होइन इतिहासको तागतको बलमा हामी यहाँ छौं । र यो अरूलाई पचिरहेको छैन,’ उनले भने ।

त्यसमाथि यसपटक राम्रोबाहेक नराम्रो नगर्ने भनेर काम सुरू गरेपछि प्रतिक्रियावादीहरुको निदहराम भएको बताए ।

भ्रष्टाचार  र कुशासन र बेथितिविरूद्ध सुरू गरेको लडाईँविरूद्ध चालिएको कदम प्रतिक्रियावादीलाई मन परेको छैन,’ उनले भने, ‘तर हामीले एकपछि अर्को ब्याटल अगाडि बढाउँदै लगेपछि उनीहरू हैरान परेसान छन्, विक्षिप्त छन् ।

उनले भ्रष्टाचारविरूद्धको लडाइँ सुरू गरेपछि भ्रष्टाचारका होहल्ला गरेर जनतामाझ भ्रम सिर्जना गर्ने हावा र उनीहरूको बेलुन फुटेको बताए । साँचो अर्थमा  यो लडाइँको नेतृत्व कसले गर्न सक्छ भन्नेकुरा फेरि स्थापित हुन पुगेको छ,’ उनले भने ।

सम्बन्धित समाचार