२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले समर्थन नगर्ने

sajilo news
परिवेश मिडिया
२०८० असार १४ गते , विहीबार
कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले समर्थन नगर्ने

बिराटनगर । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई समर्थन नगर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि छलफलका क्रममा उनले राईले त्यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि छलफलका क्रममा राईले तत्कालको अवस्थामा एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन नगर्ने बताए ।

त्यो पार्टी छोड्न मन लागेकै थिएन । सपनामा पनि त्यो पार्टीको नाममा भाषण गरेको देखिन्छ, त्यो पार्टीको झण्डा बोकेर ढुंगा मुढा, आन्दोलन गरेको देखिन्छ’, प्रदेशसभा संसदीय दलका नेता राईले भने । तर पार्टीभित्र पेलेर तेल नै निकाल्न खोजेपछि एमालेबाट अलग भएको उनले बताए ।

राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने मात्रै नभएर आफूहरुको चाहना पार्टी एकताकै भएको समेत बताए । अहिले पनि पेल्न छोड्ने हो भने समर्थन होइन, हामी त पार्टी एकता नै गर्न चाहन्छौं निउनले भने, ‘तर पेल्न छोड्न पर्यो । हिजो भएको गल्ती कमजोरी सच्याउन तयार हुनुर्पयो ।

तर अहिलेकै अवस्थामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिने राईले बताए । तर चाहिएको बेला खोज्ने, अरु बेला पेल्न खोज्ने भने त्यो खालको समर्थन कसरी गर्न सकिन्छ त ?’ उनले विश्वासको मत दिन नसकिने बताए ।

राईले हिजोको कोर्स करेक्सन भएर एउटै पार्टी बनाउन सकिने विकल्प पनि प्रदेशसभा बैठकमा प्रस्तुत गरे । हिजोको गल्ती करेक्सन गर्दा एउटै पार्टी बनाऔं, एउटै संसदीय दल बनायौं, यो दलको नेता मुख्यमन्त्रीज्यू नै हुनुहोस्, त्यसो भएपछि अरुलाई खोजी हिँड्नु पनि पर्दैन, मोटामोटी’, उनले भने ।

नेकपा एस र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समय असार १५ गते सकिँदैछ ।

सम्बन्धित समाचार