२०८३ बैशाख २० गते , आईतबार

जीवन विकास लघुवित्तमा विप्लव निकट युवा संगठनद्वारा तालाबन्दी 

sajilo news
परिवेश मिडिया
२०८० असार ११ गते , सोमबार
जीवन विकास लघुवित्तमा विप्लव निकट युवा संगठनद्वारा तालाबन्दी 

बिर्तामोड । नेत्र विक्रम चन्द विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले झापाको दमक-९ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेको छ ।

आज दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सीको नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेको हो । उनीहरुले संस्थाको बोर्डमा आगो लगाइदिएका छन् ।

यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको, चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सीले बताए ।

उक्त संस्थाले कयौं दिदीबहिनीहरुलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने युवा संगठनले चेतावनी दिएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टीले मिटरब्याजीको आरोपमा शनिबार बिर्तामोड-५ स्थित बुधबारे हटियामा रहेको नवराज विमलीको घर कब्जामा लिएको थियोे ।

सम्बन्धित समाचार