२०८३ बैशाख २० गते , आईतबार
कम्युनिष्टको सरकार ढालेर ओली कांग्रेसको सरकार बनाउन लागेको माधव नेपालको आरोप
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए ।
अध्यक्ष नेपालले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रूपमा उदाएको दाबीसमेत गरे । उनले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताए ।
अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाए ।