२०८३ बैशाख २० गते , आईतबार
रेशमलाल चौधरी आज बिर्तामोड आउने
बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकिकृत)का संरक्षक तथा प्रतिनिधी सभाका पूर्व सदस्य रेशमलाल चौधरी आज बिर्तामोड आउने कार्यक्रम रहेको छ । पार्टीका कार्यकर्ताहरुसँग भेटभाट गर्न चौधरी बिर्तामोड आउन लागेका हुन् ।
साढे बाह्र बजे बिर्तामोड आइपुग्ने चौधरीलाई मुक्तिचोकमा स्वागत गरेर सिटी सेन्टरमा हुने कार्यक्रममा सहभागी गराइने नाउपाका सचिवालय सदस्य धनबहादुर पङ्धाकले जानकारी दिए । उनी मोरङको कार्यक्रम सकेर झापा आउन लागेका हुन् । कैलाली घटनाको मुख्य योजनाकारको रुपमा थुनामा रहेका चौधरीलाई सरकारले आममाफी दिएर जेठ १५ गते रिहा गरेको थियो । जेलमुक्त भएसँगै चौधरी पार्टी निर्माणका लागि देश दौडाहामा निस्किएका छन् ।