२०८३ बैशाख २० गते , आईतबार

कोशीको नीति तथा कार्यक्रम आज

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३१ गते , बुधबार
कोशीको नीति तथा कार्यक्रम आज

बिर्तामोड । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा पेश हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पास गरेको हो, जसलाई आज १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुले पेश गर्नेछन् ।

नीति तथा कार्यक्रम पास गरेर १ असारमा बजेट ल्याउनु पर्ने छ । तर मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग बहुमत नभएकाले अध्यादेशबाट बजेट आउने सम्भावना रहेको सत्तारुढ नेकपा एमालेका नेताहरु बताउँछन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत चार दलले अध्यादेशबाट बजेट नल्याउन यस अघिदेखि नै दबाब दिँदै आएका छन् ।

सम्बन्धित समाचार