२०८३ बैशाख २० गते , आईतबार
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे विप्लव
बिर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् । शुक्रबार साँझ विप्लव प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटघाट गरेका हुन् ।
प्रधानमन्त्री भेट्न विप्लव साँझ सवा ५ बजे बालुवाटार पुगेको र साँझ ६ बजेसम्म भेटवार्ता भएकोे बताइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए ।
माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला विप्लव लगातार बालुवाटार पुग्नुलाई माओवादी वृत्तले चासोका साथ हेरेको छ ।