२०८३ बैशाख २० गते , आईतबार
भट्टराईले पाए एमाले झापाको इन्चार्जको जिम्मेवारी
बिर्तामोड । नेकपा एमालेले झापाको इन्चार्जको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । आज बसेको सचिवालय बैठकले भट्टराईलाई सो जिम्मेवारी दिएको हो ।
यस अघि एमाले झापाको इन्चार्ज अग्नि खरेल थिए । बैठकले खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै बैठकले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी रघुविर महासेठलाई दिएको छ ।