२०८३ बैशाख २० गते , आईतबार

रेशम चौधरीले नाउपका नेतालाई कारागार बोलाए

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३ गते , बुधबार
रेशम चौधरीले नाउपका नेतालाई कारागार बोलाए

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएको बताए ।
‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’
एक  नेताका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ ।

सम्बन्धित समाचार