२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्रीले रविलाई भने– ‘मैले भ्रष्टाचारको फाइल खोलेँ तपाईँहरुले समर्थन फिर्ता लिनु भयो’

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २९ गते , शुक्रबार
प्रधानमन्त्रीले रविलाई भने– ‘मैले भ्रष्टाचारको फाइल खोलेँ तपाईँहरुले समर्थन फिर्ता लिनु भयो’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज बिहान बालुवाटारमा कुराकानी भयो । भेटवार्तामा नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेका प्रकरण र अघि बढेका अनुसन्धानको विषय पनि उठ्यो ।

रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यो प्रकरणमा प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर रविले जिज्ञासासमेत राखेका थिए ।

प्रधानमन्त्री प्रचण्ड उच्च मनोबलमा हुनुहुन्थ्यो । कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ । मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ । उहाँ निकै खुसी हुनुहुन्छ । प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी नै पाएँ,’ लामिछानेले भने ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुंगोमा पुर्‍याउने बताएका थिए ।

तपाईंहरूले भ्रष्टाचारका प्रश्न उठाउनुभयो, कुरा राख्नुभयो । मैले त फाइल नै खोलेँ, काम नै गर्न सुरू गरेँ,’ प्रधानमन्त्री दाहालले रास्वपा सभापति रविलाई भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने, ‘सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा लिएको छ, यसमा सरकारलाई सहयोग गर्नुहोस् ।

सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

सम्बन्धित समाचार