२०८३ बैशाख २० गते , आईतबार

भ्रष्टाचार गरेको थाहा पाउने बित्तिकै कारबाही गर्नु पर्छ : ओली

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २८ गते , विहीबार
भ्रष्टाचार गरेको थाहा पाउने बित्तिकै कारबाही गर्नु पर्छ : ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए ।

भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट, ओलीले भने, ‘हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं ।

उनले भ्रष्टाचार भएका छन् भने निष्पक्ष ढंगबाट छानबिन गरिनुपर्ने बताए । पार्टीका नेता टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार एमालेले सचिवबाट निलम्बन गरेको थियो ।

त्यसतर्फ लक्षित गर्दै उनले भने, भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छाडेर कसरी, कसलाई तेजोवद गर्न सकिन्छ भन्ने कुरा पनि त्यसमा चलेका छन्, उनले भने ।

ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए ।

कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउन परेको थियो भन्ने अभिव्यक्ति । गणतन्त्रमा भ्रष्टाचार हुन्छ, राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य अर्को ढंगबाट स्थापित गर्न खोजिएको छ। जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुन सक्छ, उनले भने, भ्रष्टाचार गरेमा थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ ।

सम्बन्धित समाचार