तनहु १ मा स्वर्णीम वाग्ले विजयी, चितवनमा रवि विजय नजिक
बिर्तामोड । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्ले विजयी भएका छन् । वाग्ले ३४९१९ मतसहित विजयी बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०१२२ मत ल्याएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ८४८८ मत ल्याएका छन् ।
वाग्ले मनोनयन् दर्ता हुनु भन्दा केहि दिन अघि मात्रै नेपाली कांग्रेस परित्याग गरि रास्वपामा प्रवेश गरेका थिए । वाग्लेले अर्थशास्त्रमा राम्रो दख्खल राख्छन् ।
तनहु १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो ठाउँमा उपनिर्वाचन भएको थियो ।
चितवन २ मा रवि लामिछाने विजय नजिक
यता चितवन २ मा रास्वपाका रवि लामिछाने विजयी नजिक पुगेका छन् । उनी ४००६९ मतसहित अग्रस्थानमा छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको ७४५८ र नेकपा एमालेका रामप्रसाद न्यौपानेको ७२६७ मत रहेको छ ।
लामिछाने यस अघि मंसिरमा सम्पन्न प्रतिनिधीसभा सदस्यमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । उनले ४९३०० मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८८ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १४६५२ मत प्राप्त गरेका थिए ।
लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि उपनिर्वाचन भएको हो ।