२०८३ बैशाख २० गते , आईतबार

अनेम संघ (क्रान्तिकारी) बिर्तामोडको अध्यक्षमा रिता मिश्र

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २० गते , सोमबार
अनेम संघ (क्रान्तिकारी) बिर्तामोडको अध्यक्षमा रिता मिश्र

बिर्तामोड । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बिर्तामोड नगर कमिटी गठन भएको छ । सोमबार आयोजित भेलाले रिता मिश्रको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।

भेलाले मिश्रको अध्यक्षतामा ३८ सदस्यीय नगर कमिटी गठन गरेको नेकपा माओवादी केन्द्र बिर्तामोडका सचिव गणेश सौगात कालिकोटेले जानकारी दिए । नव  गठित कमिटीको उपाध्यक्षहरुमा शुसिला पाण्डे, रुमा चापागाई र भगवती मेचे रहेका छन् भने सचिव माया पुलामी, सहसचिव सरस्वती लिम्बू र कोषाध्यक्ष पवित्रा ढकाल चयन भएका छन् ।

सदस्यहरु सविता सुन्दास, तारा श्रेष्ठ, चन्द्रमाया भेट्वाल, मिरा राई, बेनु पोखरेल, मिरा शिवाकोटी, विष्णु ल्वागुन, शारदा राई राजवंशी, अनिमा राजवंशी, शुभना लावती, लिलामाया पौडेल, शुकमाया साउदेन, तारा गौतम, भिमकुमारी दुलाल, मैया राई, सुकमती गुरुङ, मिठु आचार्य, मिना महत (विष्ट), तारा चौहान, शुसिला श्रेष्ठ, चित्रा श्रेष्ठ, विमला पोखरेल, उमा विक, टेककुमारी विक, मञ्जु बस्नेत, तुलसा मगर, राधा सुब्बा, कुमारी लोहार (मेनुका), शारदा रायमाझी, प्रतिमा मैनाली र  सञ्जिता विक रहेका छन् ।

पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री धर्मशिला चापागाई, झापा जिल्ला सह इञ्चार्ज सिपी कडरिया, प्रदेश सदस्य शिखर कडरिया, प्रदेश सांसद तथा अनेम संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष बन्दना झाँगड (अनिसा), पार्टी प्रदेश सदस्य अस्मिता तामाङनगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष छाँया सिग्देल, अनेम संघ (क्रान्तिकारी) बिर्तामोडका पूर्व अध्यक्ष पवित्रा सुवेदी, विद्यार्थी नेता अनिल सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

सम्बन्धित समाचार