हेर्नुहोस् कुन मन्त्रालय कसले सम्हाले
बिर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा १२ जना मन्त्रीले शपथ लिएका हुन ।
प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको सारथी भएका छन् । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।
जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक–एक मन्त्रालय रिक्त भएका छन् । यद्यपि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।
नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
कांग्रेसबाट
पूर्णबहादुर खड्का– उपप्रधान तथा रक्षा
प्रकाशशरण महत– अर्थ
रमेश रिजाल– उद्योग वाणिज्य तथा आपूर्ति र
सीता गुरुङ– सहरी विकास
माओवादी केन्द्रबाट
नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा गृह
रेखा शर्मा– सञ्चार
सुदन किराँती– पर्यटन
महिन्द्रराय यादव– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शक्ति बस्नेत– ऊर्जा, जलस्रोत तथा सिँचाइ
अमनलाल मोदी– सामान्य प्रशासन
एकीकृत समाजवादीबाट
वेदुराम भुसाल– कृषि तथा पशुपक्षी विकास
प्रकाश ज्वाला– भौतिक पूर्वाधार तथा यातायात
जसपाबाट
अशोक राई– शिक्षा, विज्ञान तथा प्रविधि
लोसपाबाट
शरदसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
नागरिक उन्मुक्ति पार्टीबाट
रञ्जिता श्रेष्ठ चौधरी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
नेपाल समाजवादी पार्टीबाट
महिन्द्र राय यादव– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
जनमत पार्टीबाट
अब्दुल खान– खानेपानी (राजिनामा)