२०८३ बैशाख २० गते , आईतबार

सोमबारसम्ममा मन्त्रीपरिषद विस्तार हुने

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ११ गते , शनिबार
सोमबारसम्ममा मन्त्रीपरिषद विस्तार हुने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रीपरिषद विस्तार हुने बताएका छन् ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रीपरिषद विस्तार गर्ने बताए ।

प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ, सचिव पौडेलले भने ।

उनका अनुसार प्रदेश सरकार पनि आलोपालो प्रणाली अनुसार निर्माण हुनेछ । प्रदेश सरकार पनि आलोपालो अनुरुप निर्माण हुनेछ र प्रदेश सरकारलाई संघीय सरकारको बजेट र नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने छलफल भएको छ, उनले भने ।

माओवादी बैठकमा संसदलाई गतिशील रुपमा सञ्चालन गर्ने, ऐन कानुन निर्माणमा तिब्रता दिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंग्याउने विषयमा छलफल भएको पौडेलले बताए ।

सम्बन्धित समाचार