२०८३ बैशाख २० गते , आईतबार

गण्डकी प्रदेशमा माओवादीले सरकार छोड्यो, कोशीमा भने समर्थन यथावत

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १० गते , शुक्रबार
गण्डकी प्रदेशमा माओवादीले सरकार छोड्यो, कोशीमा भने समर्थन यथावत

बिर्तामोड । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ ।

शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।

यता कोशी प्रदेश सरकार माओवादी केन्द्रले तत्काल नछाड्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तत्काल सरकार नछाड्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रले एमालेले नेतृत्व गरेकको गण्डकी प्रदेश सरकार छाडिसकेको छ । लुम्बिनीमा पनि हालसम्म छाडेको छैन ।

नेता आङ्बो भने कोशी प्रदेशको अवस्था अन्य प्रदेशको भन्दा फरक रहेकाले तत्काल सरकार नछाड्ने बताउँछन् । उनले प्रदेशमा नयाँ सत्ता समीकरणका विषयमा केन्द्रबाट निर्देशन पनि नआएको बताए । प्रदेशमा अहिले माओवादीले समर्थन गरेको सरकार छ, उनले भने, ‘नयाँ समीकरणका विषयमा केन्द्रबाट निर्देशन आएको छैन ।  सभामुखले राजीनामा दिने र मध्यावधि निर्वाचन हुने अवस्था नरहेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

सम्बन्धित समाचार