२०८३ बैशाख २० गते , आईतबार

उपनिर्वाचनका लागि दल दर्ता आजबाट शुरु

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ८ गते , बुधबार
उपनिर्वाचनका लागि दल दर्ता आजबाट शुरु

काठमाण्डौ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता शुरु गर्दैछ ।

आयोगले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ ।  चितवन२, बारा२ र तनहुँ१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा२ मा संसद् पद रिक्त छ ।

यसैगरी, तनहुँ२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

सम्बन्धित समाचार