२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री प्रचण्डले पाए १७२ संसदको समर्थन

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ६ गते , सोमबार
प्रधानमन्त्री प्रचण्डले पाए १७२ संसदको समर्थन

काठमाण्डौ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो

जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो  यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे यस्तै एक सांसद तटस्थ रहे   प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए

यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए त्यतिबेला उनले  २६८ सांसदको मत पाएका थिए यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए

यो बीचमा एमाले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो   दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा नेमकिपाबाहेकका दलले विश्वासको मत दिए राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमालेमाओवादीसहित दलको सत्ता गठबन्धन भत्किएको हो प्रचण्डले विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै फेरि ब्युतिन पुगेको   प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए

सम्बन्धित समाचार