२०८३ बैशाख १९ गते , शनिबार

रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ३ गते , शुक्रबार
रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

काठमाण्डौ उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्

निर्वाचित यादवले संघतर्फ १८४ प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने  पराजित शाक्यले प्रदेशतर्फ १६९ संघतर्फ १०४ सांसदको मत पाइन् यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ सांसदको मत पाइन्

उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो बजेसम्म मतदान भएको थियो मतदान सकिएसँगै मतगणना सुरु भएको हो

निर्वाचनमा ८२९ मत खसेको थियो जसमा संघीय संसद्तर्फ ३११ प्रदेशतर्फ ५१८ मत खसेको हो

सम्बन्धित समाचार