शहिदलाई साक्षी राखेर माओवादी केन्द्रको अभियान उद्घाटन
बिर्तामोड । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । केन्द्रले सुखानी पार्कमा आइतबार एक कार्यक्रमका बिच झापा क्षेत्र नम्बर २ (२) को अभियान उद्घाटन गरेको हो ।
‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार’ भन्ने मुल नाराका साथ पार्टीले आक्रामक रुपमा अभियानलाई अगाडी बढाएको छ । शहिदको सपना साकार पार्न पार्टीले सुखानी पार्कबाट सो क्षेत्रको अभियान उद्घाटन गरिएको कार्यक्रमका अतिथी रहेका पार्टीका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नी)ले बताए । पार्टीलाई बजबुद बनाउने, परिवर्तनका मुद्धाहरुलाई स्थापित गर्दै २०६४ मा प्राप्त जनमत पुनः प्राप्ति तर्फ अगाडी बढेको उनले बताए ।
झापा क्षेत्र नम्बर २ (२)का इञ्चार्ज तथा प्रदेश सदस्य जितेश योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य हरिकुमार राना रहेका थिए ।
नारद दुखीले सञ्चालन गरेको कार्यक्रममा खड्ग तिम्सिना (पवन), रोशन तिम्सिना, देवकला प्रसाई, अम्बिका फुयाल, प्रेम नेम्बाङलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।