२०८३ बैशाख १९ गते , शनिबार
कर्णाली प्रदेशमा राप्रपाले लियो समर्थन फिर्ता
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
संघीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए ।
उनले भन्ने, ुपरिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ । त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु । चालीस सदस्य रहेको कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्र रहेको छ ।