२०८३ बैशाख १९ गते , शनिबार

माओवादी केन्द्र झापाद्वारा संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १५ गते , सोमबार
माओवादी केन्द्र झापाद्वारा संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन

बिर्तामोड नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको चौथो पूर्ण बैठक सम्पन्न भएको सोमबार पार्टी कार्यालयमा भएको बैठकसँगै केन्द्रले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गरेको हो

मुलुक नेकपा माओवादी केन्द्रको एजेण्डाबाट अगाडी बढिरहेको भएपनि संगठन निर्माणको हिसाबले कमजोर बन्दै गएको ठहर गर्दै पार्टी संगठन सुदृढीकरण तर्फ लागेको कार्यक्रमका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले संगठन सुदृढ गर्दै लैजाने, पुराना सबै बामपन्थी पार्टीहरुलाई ध्रुविकरण गर्दै लैजाने दिशामा पार्टी अगाडी बढेको बताए जनता नै पार्टी निर्माणको मुल आधार रहेकाले जनसम्बन्ध विस्तारलाई तीब्रता दिइएको उनले जानकारी दिए

पार्टीले जनवर्गीय संगठन निर्माणलाई समेत तीब्रता दिएको उसले जनवर्गीय संगठनको अधिवेशन गराउने नयाँ नेतृत्व चयन गर्दै चलायमान बनाउने कार्य गरिरहेको

संयोजक आचार्यले कार्यकर्ताहरुलाई उत्कृष्ट काम गरेर देखाउन आग्रह गर्दै पदको पछाडी भन्दापनि कामको पछि लाग्न आग्रह गरे

पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी धर्मशिला चापागाई, झलकसिं दर्लामी, हरिकुमार राना प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले बिषयबस्तु बारे आफ्नो धारणा राखेका थिए

कार्यक्रममा समयमै अधिवेशन गर्न सफल जनवर्गीय संगठनलाई सम्मान पत्र प्रदान गरिएको थियो भने जनयुद्ध दिवसका दिन आयोजित वत्तृत्वकलामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो

जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय तथा प्रदेश कमिटि सदस्यहरु, जिल्लाका सह इञ्चार्जहरु, पदाधिकारी तथा सदस्यहरु, नगर कमिटी पदाधिकारी तथा सदस्यहरु कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो

 

 

 

सम्बन्धित समाचार