२०८३ बैशाख १९ गते , शनिबार

गौरीशंकरको १२औँ स्मृति दिवस सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ९ गते , मंगलबार
गौरीशंकरको १२औँ स्मृति दिवस सम्पन्न

बिर्तामोड । गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले १२औं स्मृति दिवस मनाएको छ । झापाको बिर्तामोडस्थित प्रतिष्ठानले मंगलबार गौरीशंकर खड्का (राजेन्द्र) प्रतिष्ठानमा विविध कार्यक्रम गरि स्व. खड्काको स्मृति दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव राम कार्की (पार्थ),  केन्द्रीय सदस्य धर्मशिला चापागाईं लगायतले स्व. गौरीशंकर खड्काको योगदानको चर्चा गरेका थिए । उनीहरुले पार्टीको आगामी रणनीतिका बारेका आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडालको अध्यक्षता भएको स्मृति सभामा सहभागीलाई पार्टीका झापा संयोजक राजु आचार्यले स्वागत गरेका थिए । 
कार्यक्रम प्रतिष्ठानका सचिव रमेश गुरागाईले सन्चालन गरेको कार्यक्रममा पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी, संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, प्रदेश सांसद बन्दना झाँगड, प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार