२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईलाई कारबाही सिफारिस

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ६ गते , शनिबार
दुर्गा प्रसाईलाई कारबाही सिफारिस

बिर्तामोड नेकपा एमालेको नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको

शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको जानकारी कमिटी संयोजक तुलसी न्यौपानेले दिए उनका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरित भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको  हो

प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले मनपरी ढङ्गले पार्टी हित विपरित कार्य गरेको एमालेकै नेताहरूले बताउँदै आएका छन्

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्र हेरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए उनले भने,‘पत्रानुसार तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउँछौँ

नेकपा माओवादी केन्द्रहुँदै पछिल्लो समय प्रसाई एमालेमा प्रवेश गरेका थिए एमालेमा प्रवेश गरे लगत्तै प्रसाई केन्द्रीय सदस्य बनेका थिए

सम्बन्धित समाचार