२०८३ बैशाख १९ गते , शनिबार

जनयुद्ध दिवसको अवसरमा मुक्तिचोकमा दीप प्रज्वलन

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १ गते , सोमबार
जनयुद्ध दिवसको अवसरमा मुक्तिचोकमा दीप प्रज्वलन

बिर्तामोड २८औँ जनयुद्ध दिवसको अवसरमा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले जनयुद्ध दिवसको अवसरमा सोमबार साँझ  दीप प्रज्वलन गरेको हो

दीप प्रज्वलनसँगै आयोजना गरिएको कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईले जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्न आग्रह गरिन् मुलुक जनयुद्धबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता एजेण्डाबाट अगाडी बढिरहेको बताउँदै यसको रक्षाका लागि सबैजना लाग्नु पर्ने बताइन् नेतृ चापागाईले जनयुद्धमा साहदत प्राप्त गरेका तथा बेपत्ता पारिएका व्यक्तिहरुको स्मरण गर्दै उनीहरुको सपना साकार बनाउन सम्पूर्ण गणतन्त्र पक्षधरहरु एक हुनुपर्नेमा जोड दिइन्

माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गणेश कालिकोटेसौगातले सञ्चालन गरेका थिए कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य झलकसिं दर्लामीसन्देश, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य निरु खतिवडा, झापा सहइञ्चार्ज सिपी कडरिया, ज्योतिसिं दर्लामीप्रदेश सदस्य बासु दुलाल, भुपाल सापकोटाजिल्ला संयोजक राजु आचार्य (अग्नी), मजदुर नेतृ सीता सापकोटा, नगर कमिटी उपाध्यक्षहरु कमल कडरिया, जेवी जबेगुलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो    

सम्बन्धित समाचार