२०८३ बैशाख १९ गते , शनिबार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

sajilo news
परिवेश मिडिया
२०७९ माघ २२ गते , आईतबार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाण्डौ गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति संसदीय दलको संयुक्त बैठक आज बस्दै बैठक बिहान ११ बजे बोलाइएको

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार (आज) निर्णय हुनेछ शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो

रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको

आफूले दिएको अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको बताएका थिए नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिंदै आएको

यसअघि रास्वपा सभापति लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिए पनि उनका पार्टीका नेताहरुले भने मन्त्रालयकै कारण सरकार छाड्न नहुने बताउँदै आएका छन् आफ्नो माग पूरा गर्न अधिकतम प्रयास गर्ने तर अहिले नै सरकार छाड्न नहुने रास्वपाका नेताहरुको मत  

सम्बन्धित समाचार