२०८३ बैशाख १९ गते , शनिबार

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गरी मनाईँदै

sajilo news
परिवेश मिडिया
२०७९ माघ १२ गते , विहीबार
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गरी मनाईँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइनेश्रीपञ्चमीपर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा भुवनेश्वरीजस्ता नामले पुकार्छन्

विद्या सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक विद्यार्थी आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् सूर्य उत्तरतिर लागि दिन लामो हुने वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाईवसन्त पञ्चमीपनि भनिन्छ

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने नाककान छेड्न पनि शुभ मानिन्छ

सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो

सम्बन्धित समाचार