२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई हाजिर गर्न दिइएन

sajilo news
परिवेश मिडिया
२०७९ पौष २५ गते , सोमबार
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई हाजिर गर्न दिइएन

मेचीनगर झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक लगाएका छन् काजमा पुस १२ गते मन्त्रालय गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई सोमबार कार्यालय आउँदा नगरउपप्रमुख मिना उप्रेतीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्यहरुले हाजिर गर्न नदिएका हुन्

करीब ११ बजे कार्यालय पुगेर कार्यकक्षमा प्रवेश गर्नु भएका चम्लागाईलाई हाजिर हुन दिइएन हाजिर नगरी कार्यालयबाट गइदिन उपप्रमुख उप्रेतीले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई अनुरोध गरिन् उपप्रमुख उप्रेतीले आफ्नै कार्यकक्षमा बोलाएर प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई भनिन्, ‘कार्यपालिका बैठकले तपाईलाई फिर्ता पठाउने निर्णय गरेकाले तपाईले अहिले हाजिर नगरिदिनु

आफ्नो सरुवा नभएको काज पनि सकिएकाले आफूलाई हाजिर गर्न दिन चम्लागाईले उपप्रमुख उप्रेतीसंग पटक पटक अनुरोध गर्दा पनि उपप्रमुख उप्रेतीले चम्लगाईको कुरा सुनुवाई गर्न मानिनन् मेरो कार्यालय यही हो,’ चम्लागाईले उपप्रमुखसँग भने, ‘अन्यत्र सरुवा पनि भएको छैन, सरुवा नभएसम्म मलाई हाजिर हुन दिनुहोस

केही बेर उपप्रमुख अन्य जनप्रतिनिधिबीच छलफल पछि नगरप्रमुख काठमाण्डौ गएको अपरान्ह बैठक बसेर थप छलफल गर्ने भन्दै उपप्रमुख उप्रेतीले तत्काल हाजिर नगर्न अनुरोध गरे पछि चम्लागाई कार्यालयबाट बाहिरिएका थिए

यस अघि कार्यपालिकालाई असहयोग गरेको भन्दै पुस १८ गतेको नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निर्णय गरेको थियो

चरम राजनीतिक चलखेल हुँदै आएको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसक्ने भएका कारण अधिकृतहरुसमेत सो पालिकामा आउन नमान्ने गरेको बताइन्छ  

 

सम्बन्धित समाचार