२०८३ बैशाख १९ गते , शनिबार

१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, सपथ ग्रहण आजै

sajilo news
परिवेश मिडिया
२०७९ पौष १० गते , आईतबार
१६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, सपथ ग्रहण आजै

काठमाण्डौ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका थिए ।
प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दावी पेस गरेपछि प्रक्रिया पुर्याएर आइतबारै नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्ति गर्न लागिएको शीतल निवास स्रोतले जनाएको छ ।  ‘दावी पेस भयो, अब आजै प्रक्रिया पुर्याएर प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने गरी तयारी भइरहेको छ’, शीतल निवास स्रोतले बतायो।

सम्बन्धित समाचार