२०८३ बैशाख १९ गते , शनिबार

देश मध्यावधि निर्वाचनमा जान सक्ने : एमाले अध्यक्ष ओली

sajilo news
परिवेश मिडिया
२०७९ पौष १० गते , आईतबार
देश मध्यावधि निर्वाचनमा जान सक्ने : एमाले अध्यक्ष ओली

काठमाण्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन्

प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन्

अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरी मध्यावधिमा जाने सम्भावना जाँदैन भन्न सकिंदैन,’ उनले भने, ‘किनभने सरकार गठन नै हुनसकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’

अरु दलहरुमा व्यक्तिगत दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै एमाले मूकदर्शक बनेर नबस्ने बताए

हामी मूकदर्शक भएर हेरेर बस्न सक्दैनौं जेसुकै भए पनि अहिलेको परिस्थितिमा, ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान ,’ उनले भने

सम्बन्धित समाचार