२०८३ बैशाख १९ गते , शनिबार

ज्येष्ठ सांसद जबराको आज सपथ

sajilo news
परिवेश मिडिया
२०७९ पौष ६ गते , बुधबार
ज्येष्ठ सांसद जबराको आज सपथ

काठमाण्डौ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । 
संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् । 
सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए । राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि  बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा शपथ गराउनेछन् ।

सम्बन्धित समाचार