२०८३ बैशाख १९ गते , शनिबार

प्रदेश १ सभामा झापाबाट सबैभन्दा बढी २१ जना सांसद

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २७ गते , मंगलबार
प्रदेश १ सभामा झापाबाट सबैभन्दा बढी २१ जना सांसद

बिर्तामोड । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा झापाबाट २१ जना सांसद परेका छन् । समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने ३७ जना सांसदहरूमा सबैभन्दा धेरै झापा जिल्लाबाट ११ जना परेका छन् । त्यस्तै प्रत्यक्ष निर्वाचित हुने ५६ मध्ये १० जनासहित कूल २१ जना सांसदको वर्चश्व कायम हुने भएको हो ।

नेपाली कांग्रेसले झापाबाट मोहन महर्जन, लखीकुमारी गणेश, उद्धव थापा, खगेश्वरी पौडेललाई समानुपातिक सांसद चयन गरेको छ । नेकपा एमाले झापाबाट तारादेवी ढकाल, कमला थापा मगर र नम्बरलाल धिमाल, राप्रपाबाट निम्सरी राजवंशी, अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्मा चयन भएका छन् । माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई समानुपातिक सांसद बनाएको हो ।

सम्बन्धित समाचार