२०८३ बैशाख १९ गते , शनिबार
समानुपातिक सांसदमा झापाबाट ७ जना
बिर्तामोड । प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना सांसद प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् ।
नेपाली काँग्रेसको तर्फबाट सरिता प्रसाईं झापाबाट रहेकी छन । नेकपा एमालेको तर्फबाट झापाबाट सबैभन्दा धेरै चार जना रहेका छन । एमालेले झापाबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।
यता, नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापाबाट दुई जनाको नाम सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर र निशा डाँगी रहेका छन । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले झापाबाट भने कसैको नाम सिफारिस गरेको छैन ।