२०८३ बैशाख १९ गते , शनिबार

कांग्रेस फकाउँदै एमाले नेता

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २२ गते , विहीबार
कांग्रेस फकाउँदै एमाले नेता

चितवन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा आर्थिक राजनीतिक संकट देखापरे कांग्रेस एमालेबीच सहकार्य हुन सक्ने उनले बताए निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताएका हुन्

नेता पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे

उनले भने, ‘अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो  

जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो,’ उनले भने तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ   प्रतिनिधिसभा प्रदेश सभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए

सम्बन्धित समाचार