२०८३ बैशाख १९ गते , शनिबार

इलाम २ मा पुनः मतगणना गर्न माग

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २२ गते , विहीबार
इलाम २ मा पुनः मतगणना गर्न माग

इलाम । इलाम क्षेत्र नम्बर २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्याशी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको उल्लेख छ । साथै, नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार