२०८३ बैशाख १९ गते , शनिबार
झापा २ को प्रदेशसभामा एमालेका कार्की र पाठक विजयी
झापा । झापा क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (१) मा नेकपा एमालेका एकराज कार्की र क्षेत्र (२) मा तिलचन (चिन्तन) पाठक विजयी भएका छन् ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २ (१) मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् ।
एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मतमात्र प्राप्त गरे ।
त्यस्तै झापा २ (२) मा एमालेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी भए । उनले सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीलाई पराजित गरेका हुन् । मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।