२०८३ बैशाख १९ गते , शनिबार
डडेल्धुराबाट प्रधानमन्त्री देउवा विजयी
बिर्तामोड । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा डडेलधुराको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएर पराजित भए ।
यसैगरी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ७८४ मत प्राप्त गरेका छन् ।