२०८३ बैशाख १९ गते , शनिबार
झापा ५ मा ओली ९ हजार मतले अगाडी
बिर्तामोड । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओली ९ हजार १०१ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी खगेन्द्र अधिकारीले १२ हजार ६६ मतसहित पछ्याइरहेका छन् ।
सो क्षेत्रमा खसेको १ लाख २ हजार १५० मत मध्ये ४२ हजार ८६६ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई दोब्बर मतान्तरले पराजित गरेका थिए ।