२०८३ बैशाख १९ गते , शनिबार
झापा १ मा रविन कोइरालालाई पछि पार्दै गोपाल तामाङ
बिर्तामोड । झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा क्षेत्र (१)मा नेपाली कांग्रेसका गोपाल तामाङको अग्रता कायमै रहेको छ । तामाङले २३२ मतान्तरले नेकपा एमालेका पूर्व सांसद रविन कोइरालालाई पछि पारेका हुन् ।
जम्मा ३ हजार ४०९ मत गणना गर्दा तामाङले १ हजार ५३४ मत प्राप्त गरेका छन् भने कोइरालाले १ हजार ३०२ मतसहित पछ्याइरहेका छन् ।
कोइराला प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सो क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका थिए तर प्रतिनिधिसभामा पार्टीले उक्त क्षेत्रमा पूर्व महान्यायाधिवक्ता अग्नी खरेललाई पठाएपछि कोइरालालाई प्रदेशसभाको उम्मेदवार बनाइएको छ ।