२०८३ बैशाख १९ गते , शनिबार

झापामा आजै मतगणना शुरु हुने

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ४ गते , आईतबार
झापामा आजै मतगणना शुरु हुने

बिर्तामोड । झापामा आजै मतगणना शुरु हुने भएको छ । मतदान सम्पन्न भए पश्चात् आजै मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।
झापाका पाँच निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । एउटा मतगणनास्थलमा तीन तीन टोली बनाएर मत गणना गरिने उनले बताए ।
पहिलो गणना प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको र त्यो सकेर प्रदेससभाको प्रत्यक्ष तर्फको गरिने निर्वाचन अधिकारी नेपालले बताए । दुवै सभातर्फको समानुपातिक तर्फको मत अन्तिममा गणना गरिने उनले जानकारी दिए ।
झापामा पाँच संघीय निर्वाचन क्षेत्र र १० प्रदेशसभा अन्तर्गतको २८४ मतदान स्थल र ७६६ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ ।  झापामा कुल ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन ।  

सम्बन्धित समाचार